XXX

Monday, April 9, 2012

यौन जिज्ञासा र समाधान


प्रश्न ः म २३ वषर्ीया विवाहित महिला हु“ । हस्तमैथुनलाई मेरो धर्मले स्वीकार गर्दैन, तर यौनकुण्ठामा बसेर रोग निम्त्याउन र परपुरुषस“ग शारीरिक सर्म्पर्क गरेर घर-परिवार बिगार्न पनि चाह“दिन“ । त्यसैले विगत केही महिनादेखि हस्तमैथुन गर्दै आएकी छु । श्रीमान् विदेशमा हुनुहुन्छ । त्यसैले सजिलो उपाय हस्तमैथुन गर्दै आएकी छु । कन्डमको चिल्लो पदार्थले स्वास्थ्यमा केही हानि गर्छ कि गर्दैन - अर्को कुरा योनिमार्ग ठूलो भएजस्तो लाग्दैछ, कतै पछि श्रीमान्ले परपुरुषस“ग सर्म्पर्क गरिस् भन्ने त होइनन् - योनिमार्ग टाइट गर्ने विधि बताइदिनुहुन्छ कि -
- पी.
उत्तर ः हस्तमैथुन किन अस्वीकार्य -
सजिलो भाषामा भन्नुपर्दा आफ्नो यौनअङ्ग आफैले चलाएर यौन सन्तुष्टि लिने एक किसिमको यौन क्रियाकलाप नै हस्तमैथुन हो । धेरैले महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्ने मान्छन्, तर यथार्थ त्यस्तो छैन । महिलाको यौनजीवनमा पनि हस्तमैथुनको ठूलो भूमिका हुन्छ । प्रायः सबैजसो समाजमा अर्को व्यक्तिको यौनजीवनमा नियन्त्रण वा स्वतन्त्र गर्ने विभिन्न नियम हुन्छन् । आफ्नो शरीर अनि अङ्गमा आफ्नो अधिकार हुनुपर्ने हो, तर त्यसको विपरीत विभिन्न मूल्य-मान्यता बनाई एक किसिमको भय सिर्जित गरी अनावश्यक रूपमा रोकमात्र लगाइन्छ । समाजमा भएका परिवर्तनले युवाहरूको विवाह हुने उमेरलाई एकातिर पछाडितिर धकेलेको छ भने अर्कातिर कामविशेषले विवाहित भए पनि जोडी छुट्टएिर बस्नुपरेको स्थिति छ । यौनसर्म्पर्क गर्न पाउने बाटो नभएपछि मानिसले वैकल्पिक बाटो त रोज्ने नै भयो, तर हस्तमैथुनलाई समेत नियन्त्रण गर्न विभिन्न किसिमको धार्मिक वा सामजिक बन्देज लगाइएको पाइन्छ ।
कुण्ठामा बसेर बिरामी पर्नु वा अर्को व्यक्तिस“ग यौनसम्बन्ध राखेर यौन र पारिवारिक जीवन बिगार्नुभन्दा यौनतनावलाई शान्त पार्न हस्तमैथुन गर्ने तपाईंको निर्ण्र्ााो म प्रशंसा गर्छु । यौनआनन्द पाउने उपायहरूमध्ये यौनअङ्गको र्घष्ाण नै प्रमुख हो । यौनसर्म्पर्क गर्दा यौनअङ्गहरू एक-आपसमा र्घष्ाण गराइन्छ । मानिसले आफ्नो यौनअङ्गको र्घष्ाण अरू कसैको यौनअंगमा गराएर मात्र यौन आनन्द पाउ“छ भन्ने होइन । हस्तमैथुन एउटा यस्तो उपाय हो, जसबाट मानिसले अन्य तरिकाबाटै आफ्नो यौनअङ्गको र्घष्ाण गराएर यौनआनन्द तथा यौन चरमसुख प्राप्त गर्छ । सिद्वान्ततः यौनसर्म्पर्क हस्तमैथुन गर्दा यौनअङ्गको र्घष्ाणबाट यौनआनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले यौनसर्म्पर्क गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने भन्न मिलेन । छोटकरीमा के भनौं भने हस्तमैथुन एक स्व्ााभाविक यौन अभिव्यक्ति हो र यसले हानि गर्दैन र यसमा बन्देज पनि लगाउनु पर्दैन ।
हस्तमैथुनका लागि प्रसाधनको प्रयोग
महिलाले विभिन्न किसिमले हस्तमैथुन गर्न सक्छन् । भगांकुर चलाउनु, योनिमा केही पसाउनुदेखि यौन संवेदनशील अङ्गको मर्दनसम्म । चरमसुख प्राप्त गर्ने कुरामा भगांकुरको महत्त्वपर्ूण्ा स्थान भए पनि योनिमा केही पसाएर यौनआनन्द प्राप्त गर्नु अर्को प्रमुख उपाय हो । योनिमा औंला पसाउनेदेखि बाहेक लिङ्ग आकारको वस्तु पसाउने गरिन्छ । अहिले यौन प्रसाधनका रूपमा लिङ्गको स्वरूपजस्तो वस्तु बजारमा नपाइने होइनन्, तर परापर्ूवकालदेखि नै तपाईंले प्रयोग गर्नुभएजस्तो प्राकृतिक वस्तु वा अन्य घरायसी वस्तुको प्रयोग हुने गरेको पाइन्छ । योनिमा कुनै कुरा पसाएर हस्तमैथुन गर्दा केही कुरामा ध्यान दिनर्ुपर्छ । जस्तै कि, योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनर्ुपर्छ र यौन उत्तेजना हु“दा यो स्वाभाविक रूपमै हुन्छ । यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग गर्न बिर्सनु हु“दैन । तपाईंले कन्डम प्रयोग गर्ने गर्नुभएकाले त्यसमा भएको चिल्लो पदार्थ नै पर्याप्त हुनर्ुपर्छ । अर्को कुरा, यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । हस्तमैथुन गर्दा केही महिलाले थप यौन उत्तेजनाका लागि स्तनलाई पनि प्रयोग गर्छन् ।
के कन्डमको चिप्लो पदार्थले हानि गर्ला -
हानि गर्दैन । तपाईंलाई थाहै हुनर्ुपर्छ, यौनसर्म्पर्कका बेला नियमित प्रयोग गर्न नै कन्डम बनाइएको हो । यसलाई जीवाणुरहित गरिएको हुन्छ । यो चिप्लो पदार्थ हामीले अनुहार वा हातमा लगाए पनि फरक पर्दैन ।
योनि ठूलो भएको श्रीमान्ले थाहा पाउलान् -
तपाईंलाई किन त्यस्तो लाग्यो, थाहा भएन । श्रीमान्का लागि त यो झनै गाह्रो कुरा हो । बुझनुपर्ने तथ्य के हो भने योनि मांशपेशीले बनेको एकदमै तन्किन सक्ने गुण भएको नली आकारको अङ्ग हो । एकछिन विचार गर्नुहोस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैं खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने हुन्छ र - पक्कै हु“दैन, तर कुरा जे भए पनि योनिको मांसपेशीलाई कडा राख्न केगेल
-प्भनभ) िकसरत एक राम्रो उपाय हो ।
कसरी गर्ने -
यौनाङ्गक्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरतलाई नै केगेल कसरत भनिन्छ । सबै भन्दा पहिले उगदयअयअअथनभगक भनिने मांसपेशी समूहको पहिचान गर्नुपर्छ । यसका लागि पिसाब फर्ेदा मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहर्‍याई-तेहेर्‍याई सो मांसपेशीको पहिचान गर्नुपर्छ । यही पिसाब रोक्न प्रयोग गरिने मांसपेशीले नै योनिद्वारलाई पनि घेरेर राखेको हुन्छ । अब यसको कसरत गर्न थाल्नर्ुपर्छ । सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने । बिस्तारै यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्‍याउनर्ुपर्छ । बिस्तारै यो १० देखि १५ सम्म संकुचित गर्ने -खुम्च्याउने) र छोड्ने गर्नुपर्छ । यो क्रम बढाउ“दै दिनभरिमा यस्तो गर्ने क्रम २० पल्टसम्म पुर्‍याउनर्ुपर्छ । ६ सातासम्म नियमित रूपमा कसरत गरे थाहा पाउने गरेर केही फरक देखिन्छ । यो मांसपेशी संकुचित गरेर यौनसर्म्पर्कका बेला लिङ्गलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ । यसले तपाईंलाई मात्र होइन, तपाईंका श्रीमान्लाई पनि यौनसुख प्राप्त गर्न मद्दत मिल्छ ।
अन्तमा, श्रीमान् फर्किएपछि तपाईंको हस्तमैथुनमा उहा“लाई पनि संलग्न गराउन सकिए यौन आनन्द थप्न सहयोग मिल्न सक्छ ।

No comments:

Post a Comment

Please enable / Bitte aktiviere JavaScript!
Veuillez desactiver vos / Por favor desactiva el Javascript![ ? ]