XXX

Sunday, October 21, 2012

कस्तो फिलिङ भयो


त्यो बेलाको उमेरनै त्यस्तै थियो । भर्खरै स्कूल सकेर क्याम्पस जान थालेको । नयाँ जोस र जाँगर थियो तर त्यो नयाँ जोस र जाँगर उच्व शिक्षा लिएर देश र समाजको लागी केहि गर्छु भन्ने पक्कै थिएन । खाली क्याम्पसका केटीहरुलाई कसरी आकर्षित गर्ने भन्ने ध्याउन्न हुन्थ्यो । केटीहरुको अगाडी स्मार्ट बन्नको लागी जे पनि गरिन्थ्यो । पढ्न भन्दा धेरै खेलकुदमा रुचि लिइन्थ्यो र साँस्कृतिक कार्यक्रमहरुमा खुब् गीत गाईन्थ्यो । कती केटीहरु हुरुक्कै भएर पछि लाग्थे भने कतीहरु छेउ पर्नै मान्दैनथे । तिनीहरुको नजरमा म सायद भङ्जाहा , फटाहा तेस्तै थिएं होला । आफुलाई भने आफु असल नै छु भन्थें म । त्यसो त खराब पनि त थिईनं नि - पढाईमा अब्बल दर्जाकै नभए पनि राम्रै थिएं । नशाको कुलतमा परेको थिईनं । अहिले सम्झंदा केटीहरुको पछि अलि धेरै लाग्नु नै मात्र मेरो खराबी रहेछ त्यो बेला त्यस्तै राम्रो लाग्थ्यो । मैले धेरै केटीहरु संग संगत गर्ने गरेकोले नै होला आफुले मन पराएकि केटीले भने मलाई वास्तानै गर्दिनथी - त्यो बेलाकै भाषामा भन्ने हो मलाई उसले बाल दिन्नथी । आज उ कहाँ छे के गर्दैछे थाहा छैन । उस्को नाम अर्कै थियो । साथीहरुले उस्लाई अर्कै नामले बोलाउंथे । मैले अर्कै नाम दिएको थिएं उस्लाई । म उस्लाई बिजुली भन्थें । कुनैबेला उ संग बोल्ने मौका परेर बोलाउंदा पनि बिजुली भन्दा उ म संग झनै रिसाउथी । मलाई गाली पनि गर्थी र पनि उस्लाई म हृदयदेखि नै मनपराउंथे त्यसैले उसले मलाई गाली गर्दा पनि म उ संग रिसाउदिनथें । मलाई एकदिन उस्लाई आफ्नो बनाएरै छाड्छु भन्ने अठोट थियो । समय बित्दै गयो । प्रमाणपत्र तहको पढाई सकियो तर उसको मन जित्न सकिनं । स्नातक तह पढ्नको लागी उ बाहिर जाने कुरा सुनें कहाँ जान्छे भन्ने पत्ता लगाएर म पनि त्यहीं जाने भएको थिएं तर त्यही क्याम्पसमा पढ्ने भई उ । मलाई झन ढुक्क भयो । मेरो प्रयास जारी थियो उसको मन जित्नको लागी । म उसलाई चोखो प्रेम गर्थें कि गर्दिनथें थाहा थिएन मलाई । हुरुक्कै भएको थिएं म उसको प्रेममा । म बिजुलीसंगको सहबासको कल्पना गर्थें । रातभरी उसलाई कल्पेर म निदाउंनै सक्दिनं थें । पढ्न बस्दा मेरो ओछ्यानमा सुतेर पढ्ने बानी थियो । जब उसलाई कल्पिन्थें अनि उत्तानो परेर सुतेर पढ्दा किताबभरी उसको अनुहार देख्थें । घोप्टो परेर पढ्दा पनि उसैको कल्पनामा मेरो लिंग सन्किएर आउंथ्यो र ओछ्यानमा रडक रडक गरेर खपिनसक्नु हुन्थ्यो । धेरै पटक उसको बाटो छेकेर उसलाई प्रेमको प्रस्ताव पनि राखेको थिएं तर उसले सधैं मलाई बेवास्ता गरिरहन्थी । स्नातकको दोश्रो बर्षमा एकदिन मैले उसलाई क्याम्पसको पछाडी तिर बगैंचामा एक्लै देखें र मौका छोपेर म उसको नजिकै गएं । मेरो आशक्तीले उसलाई छोईसकेको रहेछ । उसैले मलाई अलि सभ्य बन्न अनुरोध गर्दै म संग प्रेम गर्छु भनी । मलाई एकैपलमा संसार जितेको जस्तो भयो ।त्यसपछि हाम्रो भेटघाटको क्रम शुरु भयो । हरेक भेटमा म उसलाई छुने , चुम्बन गर्ने प्रयास गर्थें तर उसले कहिल्यै स्विकृती दिईन । बिहे नगरी म संग त्यस्ता कृयाकलाप नगर्ने अठोट दोहोर्याईरहन्थी उ । मलाई भने उ संग संभोग गर्ने सनक चढेर आउंथ्यो । उसलाई देख्ने बित्तिकै म मा उसको ओठ चुस्ने , स्तन खेलाउने अनि संभोग गर्ने ईच्छा हुन्थ्यो तर चोखो मायामा यस्ता अनैतिक कृयाकलापहरु गरिरहनु हुंदैन । यस्तो गर्यो भने त्यो माया चोखो हुंदैन भन्थी । म पनि बाध्य हुन्थें हो चोखो मायामा यस्तो काम गर्नु हुंदैन भनेर । म पनि उपायले केहि नलागे पछि बिहे गर्ने अनि मात्र यौन सम्बन्ध राख्ने कुरामा दिमागले तयार भएको थिएं । स्नातकको तेस्रो बर्ष शुरु भई सकेको थियो । झन्डै दुई महिना जति तेस्रो बर्षको पढाई भै सकेपछि अचानक मेरी बिजुली क्याम्पस आउन छाडी । केहि पर्यो होला , आउँछे होला भन्दाभन्दै दुई साता बित्यो तर पनि आईन अन्तत म उस्को खै खबर गर्न उसको गाउँ तिर गएं । धेरै टाढा थियो उसको गाउँ । उसको गाउँ पुगेर पो थाहा भयो उसको त बिहे भै सकेछ । नमिठो लाग्यो तर छाँगाबाट खसे जस्तो पनि भईनं म । उसको चोखो माया देखेर माया शब्दसंग पनि घिन लाग्यो मलाई । बरु उसलाई अलि बढी नै कर गरेर बेलैमा उ संग अनैतिक नै सहि यौन कृडा गरिहालेको भए पो हुन्थ्यो कि जस्तो लाग्यो । मेरो आँखामा उसको बिजुलीकै बल्ब जस्तो उज्यालो अनुहार , लोभ लाग्दा छाती , रसिला देखिने ओठ ईत्यादी सम्पुर्ण अंगहरु क्रमश आउंदै हराउंदै गर्न थाल्यो । बिजुली संगको मेरो सम्बन्ध माया हो कि छाँया हो ?सपना हो कि बिपना हो ? चोखो हो कि जुठो हो ? सत्य हो कि झुटो हो ? अन्यौलमा परें म । बिजुलीको माया (मायानै भनुं न आकर्षण नै भए पनि) मा म रुन सकिनं । मन केहि खिन्न भएको अवस्य थियो । त्यसपछिका दिनमा मलाई केटीहरुको पछि लाग्न मन लागेन । झन्डै दुई महिना जति मलाई बिजुलीको यादले रक्सीको ह्याङ्ग ओभरले झमझम बनाएझैं रनन बनाएको थियो । बिजुली संगको बियोगले खासै गार्हो नभएरै स्नातक सकियो मेरो । म नजिकै को स्कूलमा पढाउन थालें । स्नातकोत्तरको लागी मैले प्राईवेट पढ्ने बिचार गरेको थिएं । उमेरले होला मलाई निक्कै परिपक्व बनएको थियो । म परिवार प्रति जिम्मेवार थिएं । समाज प्रतिपनि मेरो केहि कर्त्बय छ भन्ने बोध भएको थियो । त्यसपछिका दिनमा मैले कहिल्यै केटीहरुलाई आफुतिर आकर्षित भईदिए हुन्थ्यो भन्ने सोचिनं । दशैंको बेलातिर एकदिन बेलुका तिर म बाहिर गएर घर फर्किंदै थिएं । मलाई बस चढेर झण्डै चौध किलोमिटर जती जान बांकी थियो आफ्नो गाउंसम्म पुग्नलाई । यात्रीहरुको घुईँचोमा म पनि बस भित्र छिरें । बस्ने सिट पाउने त कुरै थिएन । कथंकदाचित सिट पाईहालेको भए पनि पुढापाका वा नानीसंग भएका आईमाईहरुलाई सिट छोडिदिनु नै पर्थ्यो । त्यसो त यो बाटोमा मैले धेरै पटक बसको छतमा बसेर यात्रा गरेको छु । त्यो दिन पनि छतमा बस्ने बिचार नगरेको हैन तर छतमा पनि खुट्टाहाल्ने ठाउँ कहाँ थियो र ?त्यसमाथी कच्चिबाटोमा धुलोले छोपेर यात्र पार गरुञ्जेलमा आफैंले आफैंलाई चिन्न नसकिने भइन्थ्यो त्यसैले बरु गर्मीमै गुम्सिएर भएपनि बस भित्रनै छिरेर जाने बिचारले म बसभित्र पसें । बस हिंड्नै लाग्दा मैले मेरो पछाडी घुस्रिंदै म संगै टांसीएर बिजुली उभिएको देखें । धेरैजसो यात्रीहरु चिनेजानेकै थिए बसमा । बिजुली तिर फर्किएं म । उ पनि असमञ्जसमा परे जस्ती देखिएकि थिई । मैले उसको हालखबर सोधें । जवाफ दिएर उसले पनि मलाई सञ्चो बिसञ्चो सोधि । सामान्य भलाकुसारी बाहेक हामी अरु कुरा गर्न सक्ने स्थितीमा थिएनौं । मलाई बिजुलीसंग धेरै कुरा गर्न मन लागेको थियो तर त्यहाँ संभव थिएन । बिजुलीलाइ हेर्दा मेरो छेउमा उभिन नपरे पनि हुन्थ्यो जस्तो मनस्थिती देखिन्थ्यो । नयाँ दुलही जस्तै रातो साडी र रातै ब्लाउजमा बिजुली बिछट्टै सुन्दरी देखिएकि थिई । उसको सिउंदोको सिंदुर पसिनाले केहि बगे जस्तो भएर निधारतिर हल्का रातो धर्सा बसेको थियो । निधारमा लगाएको रातै टिकाले सार्है खुलेकि बिजुलीले यौटा हातले बसको सिलिङ्गमा डण्डी समाएको बेला शरिरभरी पसिना आएर काखीमुनी ब्लाउज भिजेको देखिन्थ्यो । कच्चि बाटोमा घच्याक र घुचुक गर्दै बस हिंडीसकेको थियो । उसको कसिलो ब्लाउजमा देखिने छातीको उचाईहरु सारीको सप्कोले छोपेकि भएपनि त्यो भिंडमा सारीको सप्को एकातिर सरेर मलाई घोच्दैथिए । त्यसरी उसको स्तनहरु मेरो छाती र कुमतिरठोकिंन आउंदा उसको अनुहार लाजले शर्माएको थियो । मलाई पनि केहि अप्ठ्यारो महसुस भयो र म उसलाई पछिल्तिर पारेर अर्कोतिर फर्किएं । ठाउँ नै सरेर जाने त नसोचे पनि हुन्थ्यो त्यो भिंडमा । अर्कोतिर फर्के पछि पनि झन साह्रो मेरो ढाडमा बिजुलीको कसिलो स्तनहरुको घर्षण महसुसगरिरहेको थिएं मैले । खै के भएको मलाई ? त्यो भिंडमा पनि बिजुलीको स्पर्सले मलाई उत्तेजित तुल्यायो । म पहिलेकि बिजुली र अहिलेकि बिजुलीमा तुलना गर्दै आफ्नो ढाडमा उसको स्तनको घर्षणको आनन्द लिंदै थिएं । बाटोमा निक्कै ठाउँमा गाडी रोकिंदै चल्दैथियो । रोकिंदा दुई जना बसबाट ओर्लिए भने आठजना चढ्थे त्यसैले बसमा भिंडकम हुने छाँटकाँट नै थिएन । भिंड अझै बढेको जस्तो लाग्थ्यो । जती बस हिंड्थ्यो घच्याक घुचुक गर्दै त्यतीनै बिजुलीको छाती मेरो ढाडमा झन बेस्करी रगडिन्थ्यो । म मा कस्ता कस्ता कल्पनाहरु खेल्दैथिए । बिजुली मेरी भएकि भए त्यो मेरो ढाडमा रगडिने कसिला स्तनहरुमा मेरो अधिकार हुनेथियो भन्दै म कल्पनामै बिजुलीलाई अंगालो हालेर , चुम्न थालें । त्यत्रो भिंडमै पनि म कल्पनामा बिजुलीको स्तनसंग खेल्दैथिएं । बिजुलीको स्तन अझै सार्हो मेरो ढाडमा रगडिईरहेको थियो । बिजुलीले जानी जानी मेरो ढाडमा स्तन दल्दैछे जस्तो लाग्दैथियो मलाई । लाजै पचेको त होला मलाई , कि पहिले बिजुली संग यौनकृडा गर्न नपाएकोले गर्दा पो हो कि ? - त्यत्रो भिंडमा पनि मेरो लिंग सनक्क भएर आएको थियो । सके लिंगको मुखभरी बिजुलीको नाउँमा पानी पनि आएको थियो होला । म बिजुलीको स्तनसंग घोटीएर भरपुर यौन आनन्द उठाईरहेको थिएं । मेरो बसबाट ओर्लने बेला आउनै लागेकोले बिजुलीसंग बिदा माग्नको लागी म बिजुली भएतिर फर्किएं ।त्यसबेला पो देखें मेरो पछाडी त हाम्रै गाउंको जिरे कामी पो उभिएको थियो । बिजुली त अघिनै कतिखेर बसको पल्लो छेउमा पुगिसकेकिरहिछे । मेरो ढाडमा त बुढो बुढो उमेरको होचो होचो काँठीको जिरे कामीको टाउको पो अघिनै कतिखेर देखि घोटीईरहेको रहेछ । एकैछिन त मलाई जिरे कामी देखि रिस उठ्यो तर बिचरा त्यो बुढो जिरे कामीको के गल्ती थियो र ? उसको टाउको आफ्नो ढाडमा घोटिंदा बिजुलीको स्तन सम्झेर मेरो लिंग समेत सनक्कै भएको थियो । धत् कस्तो हो यो सेक्स भन्ने कुरा पनि । सेक्स भन्नु फिलिङ्ग्स भन्दा पर केहि हैन रहेछ भनेर त्यहिबेला नै बुझें मैले । परबाट बिजुलीले मेरो मनोदशा छर्लङ्गै बुझेझैं मलाई नै हेर्दैथिई म लाजले पानी पानी भएं ।

No comments:

Post a Comment

Please enable / Bitte aktiviere JavaScript!
Veuillez desactiver vos / Por favor desactiva el Javascript![ ? ]